दफा
कारागारको व्यवस्थापन
(१) दफा ५ बमोजिम स्थापना भएका वा तोकिएका सङ्घीय कारागारको व्यवस्थापन नेपाल सरकारले र प्रदेश कारागारको व्यवस्थापन सम्बन्धित प्रदेश सरकारले गर्नेछ।

(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका कारागारलाई दफा ५ को उपदफा (४) बमोजिम नेपाल सरकारले सङ्घीय कारागार वा प्रदेश कारागारको रुपमा नतोकेसम्म त्यस्तो कारागारको व्यवस्थापन नेपाल सरकारले. गर्नेछ।

(३) सङ्घीय कारागारमा कारागार प्रशासक तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्य मन्त्रालयले गर्नेछ।

(४) प्रदेश कारागारमा कारागार प्रशासक तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्य प्रदेश सरकारले गर्नेछ।

तर प्रदेश सरकारबाट कर्मचारी व्यवस्था नभएसम्म प्रदेश कारागारको व्यवस्थापनको लागि नेपाल सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीलाई खटाउनेछ।

(५) आफ्नो जिल्लाभित्र रहेका कारागारको रेखदेख, समन्वय र सुरक्षा प्रबन्ध मिलाउने जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुनेछ।